news-details
समाचार

Share this post!

सुनसरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।