news-details
अन्तरास्ट्रिय

Share this post!

पुलमा विस्फोट युक्रेनको आतंकवादी कदम : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि रुस र क्राइमिया जोड्ने पुलमा विस्फोट गराएको आरोप लगाएका छन् । उनले युक्रेनको सो कदमलाई ‘आतंकवादी कदम’ को संज्ञा दिएका छन् ।रुसको अनुसन्धान समितिका अध्यक्षसँगको भेटमा उनले युक्रेनको गुप्तचर संस्थाले रुसको भौतिक पूर्वाधार ध्वस्त गर्ने लक्ष्य लिएको बताए । अधिकारीहरूले पुलमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको बताएका छन् । रुसी अधिकारीहरूका अनुसार विस्फोटको समय नजिकैको कारमा रहेकाहरु मारिएका हुन् ।‘रुसको भौतिक संरचनालाई क्षति पुर्‍याउन लक्षित यो आतंकवादी कदम हो, यसका कुनै शङ्कै छैन,’ पुटिनले भने, ‘यसको योजनाकार, अपराधी र लाभार्थीहरु युक्रेन हो ।’ यसमा पश्चिमा मुलुकहरूले युक्रेनलाई सहयोग गरेको रुसको आरोप छ ।