news-details
अन्तरास्ट्रिय

Share this post!

इबोला प्रकोप बढेपछि अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरू युगान्डामा भेट्दै

अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरू युगाण्डामा भेट्ने भएका छन्। उनीहरूको बैठक युगाण्डमा हुन लागेको हो। पछिल्ला दिनहरूमा अफ्रिकी देशहरूमा इबोला संक्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि उनीहरूको बैठक बस्न लागेको बताइएको छ।अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरूले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो। युगाण्डामा रहेको विश्व स्वास्थ्य संगठनमा सो बैठक बस्न लागेको हो।विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताउँदै आएको छ। त्यसपछि सो बैठक बस्न लागेको र एकले अर्को देशको सीमा क्षेत्रमा कडाई गर्नुका साथै इबोलाको रोकथामका लागि आवश्यक समन्वय गर्ने निर्णय स्वास्थ्य मन्त्रीहरूको सो बैठकले गर्ने भएको छ।युगाण्डामा प्राप्त पछिल्लो तथ्यांक अनुसार यहाँ इबोलाका ४८ जना सङ्क्रमित भेटिएका छन् भने केही दिन यता मात्र यहाँका १७ जनाको ज्यान गएको छ। त्यस्तै पछिल्लो समयमा अफ्रिकाका विभिन्न देशमा इबोलाको संक्रमण पाइएको छ।