Share this post!
काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ।आज बिहान बेइजिङस्थित जनबृहत सभा भवनमा सुरु भएको महाधिवेशमा महासचिव एवं राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहका छन्।
एक हप्तासम्म चल्ने महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ।
सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ। तर सर्वोच्च नेता अर्थात्, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन।
सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ।