news-details
समाचार

Share this post!

एमालेले सार्वजनिक गर्यो चाँगुनारायणमा घरदैलो गर्ने तालिका

भक्तपुर । मंसिर ४ गते हुने संघीय र प्रदेश तहको निर्वाचनको लागि राजनीतिक दलहरुले घरदैलो अभियान सुरु गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगको आचारसंहिता अनुहार कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म मात्रै घरदैलो गर्न पाउनेछन् ।सोही अनुसार नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा भोली १८ गतेबाट घरदैलो कार्यक्रम गर्ने भएको छ । भक्तपुर नगर क्षेत्रमा १८ गतेबाट घरदैलो कार्यक्रम हुने एमालेले जानकारी दिएको छ ।
चाँगुमा १९ गतेदेखि घरदैलो यस्तो छ तालिकाः
एमाले चाँगुनारायण नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले १९ गते शनिबारदेखि पार्टीले घरदैलो कार्यक्रम गर्ने बताए ।
-कार्तिक १९ गते बिहान ७ बजे चाँगुनारायण वडा नं. १ बाट घरदैलो सुरु
-कार्तिक २० गते बिहान ७ बजे चाँगुनारायण वडा नं. २,
-कार्तिक २२ गते बिहान ७ बजे चाँगुनारायण वडा नं.३ बाट,
-कार्तिक २४ गते बिहान ७ बजे चाँगुनारायण वडा नं.४ बाट ,
-कार्तिक २६ गते बिहान ७ बजे चाँगुनारायण वडा नं. ५ बाट,
-कार्तिक २७ गते बिहान ७ बजे चाँगुनारायण वडा नं. ६ बाट ,
-कार्तिक २८ गते बिहान ७ बजे चाँगुनारायण वडा नं. ७ बाट ,
-कार्तिक २९ गते बिहान ७ बजे चाँगुनारायण वडा नं. ८ बाट,
-कार्तिक ३० गते बिहान ७ बजे चाँगुनारायण वडा नं. ९ बाट,
-चाँगु मावि झौखेलमा कार्तिक ३० गते प्रदेशस्तरिय चुनावीसभा गर्ने र मंसिर १ गते ख्वप पार्टी प्यालेस कमलविनायकमा १ नं. क्षेत्रस्तरिय चुनावी सभा गर्ने एमाले चाँगुनारायण नगरकमिटीमा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

भक्तपुर नगरपालिकामा यस्तो छ तालिका
-कार्तिक १९ गते बिहान ७ बजेबाट सुरु वडा नं. ८ र ९ मा
-कार्तिक २१ गते बिहान ७ बजेबाट सुरु वडा नं. ५ र ६ मा
-कार्तिक २३ गते बिहान ७ बजेबाट सुरु वडा नं. २, ६ र १० मा
-कार्तिक २५ गते बिहान ७ बजेबाट सुरु वडा नं. ३ र ४ मा
-मंसिर १ गते बिहान वडा नं. १ मा एमालेको घरदैलो कार्यक्र रहेको छ ।
भक्तपुर निर्वाचन क्षेत्र न. १ मा नवराज गेलाल सोही क्षेत्रको (क)मा मोहनवीर श्रेष्ठ, (ख) नारायण सुन्दर शिन्तकल उम्मेदवार रहेका छन् ।