news-details
समाचार

Share this post!

एमालेका तिनै जना उम्मेदवारलाई जनताले जिताएर पठाउन् : ज्येष्ठ नागरिक

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २ ले आजबाट  घरदैलो कार्यक्रम सुरु गरेको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला समेत रहेको भक्तपुरको क्षेत्र नं. २ अन्तरगत मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकामा एमालेले घरदैलो अभियान सुरु गरेको छ  ।भक्तपुरको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र प्रदेश ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ ।आज बिहान मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ बाट सुरु भएको घरदैलो कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा ‘ख’ मध्यपुर थिमिका उम्मेदवार चन्दन कृष्ण श्रेष्ठ र प्रदेश समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको छ ।आचारसंहिताको पालना गर्दै उम्मेदवारहरूले कार्यकर्ताहरूको सानो टोली लिएर घरदैलो कार्यक्रममा हिँड्नुभएको थियो । घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रूपमा स्थानीयवासीले खादा, माला, टिका र सगुन खुवाएर विजयको शुभकामना समेत दिएका थिए। बाटोमा घाम ताप्दै बसेका ज्येष्ठ नागरिकहरूले एमालेका तिनै जना उम्मेदवारलाई जनताले जिताएर पठाउन् भन्दै आशीर्वाद समेत दिएका थिए ।घरदैलो कार्यक्रममा स्थानीयवासीले ‘महेश आउँ, भक्तपुर बनाऊँ’, ‘महेश बस्नेत जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद’, ‘महेश बस्नेत हाई, हाई अरू सबै वाई वाई’, सूर्यमा भोट अरूलाई चोट, आमा बुबा दाजु भाइ भोट हालौँ सूर्यलाई लगायतका नाराहरू लगाएका थिए । भोट माग्न गएका उम्मेदवारहरूलाई स्थानीयवासीले टोल टोलमा रहेका समस्या तथा गुनासाहरू व्यक्त गर्नुका साथै अघिल्लो कार्यकालमा सम्पन्न हुन नसकेका कामहरू अबको कार्यकालमा पुरा गर्न सुझाव समेत दिएका थिए । उम्मेदवारहरूले  उम्मेदवारहरूले जन चाहना अनुसारका विकासका कार्यहरू केही पुरा भएको र केही बाँकी नै रहेकाले अबको कार्यकालमा उक्त कामहरू पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदन सुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, अनेमसंघको जिल्ला अध्यक्ष उत्तरा नेपाललगायतको उपस्थिति रहेको थियो ।