news-details
अन्तरास्ट्रिय

Share this post!

कर्मचारी कटौतीको तयारी गर्दै मेटा

फेसबुकको प्यारेन्ट कम्पनी मेटाले यही साता ठूलो संख्यामा आफ्ना कर्मचारी कटौतीको घोषणा गर्ने तयारी गरेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार मेटाले यही सातामा हजारौं कर्मचारीलाई कम्पनीबाट निकाल्ने तयारी गरिरहेको हो ।अमेरिकी सञ्चार माध्यमलाई आधार मान्दै बीबीसी लेख्छ, ‘बुधबार भित्रै मेटाले ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गर्ने सम्भावना छ ।’ तेस्रो क्वार्टर रिपोर्टमा कम्पनीको आम्दानी ह्वात्तै घटेपछि मेटाले कर्मचारी कटौतीको तयारी गरिरहेको बताइएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कर्मचारी कटौतीको संकेत दिइसकेको छन् । उनले भावी दिनमा कम्पनी लगानी विस्तारमा ध्यान दिने र घटेको आम्दानीको पूर्ति कर्मचारीबाट गर्ने बताइसकेका छन् ।विश्वभरका कार्यालयहरूमा गरी मेटासँग ८७ हजारभन्दा बढी कर्मचारी छन् । यो फेसबुकसहित इन्सटाग्राम र ह्वाट्सएपमा समेत गरी हो । कम्पनीको आम्दानीसँगै विश्वव्यापीरूपमा देखिएको मन्दीको संकेतका कारण कर्मचारी कटौतीको तयारी गरिरहेको बताइएको छ ।