Share this post!
ट्विटरका नयाँ मालिक एलन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर कंगाल हुने सम्भावनाको बारे कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीहरूलाई कंगाल हुने आशंकालाई अस्वीकार गर्न नसक्ने जानकारी दिए ।ट्विटरमा आफ्ना कर्मचारीसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीले अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिएका छन् । एलन मस्कले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका छन् । त्यसयता उनले यो सामाजिक सञ्जालमा धेरै परिवर्तन पनि गरेका छन् ।यसैबीच, ट्विटरले विश्वभरि हजारौँ कर्मचारीलाई निकालेको छ । यस विषयमा एलन मस्कले पनि आलोचनाको सामना गर्नुपरेको छ । कम्पनीलाई घाटा भएको भन्दै उनले ब्लु टिकको सदस्यता शुल्क पनि लिन थालेका छन् ।मस्कले ट्वीटरको आम्दानी घटाउन एक्टिभिस्ट ग्रुपले ट्वीटरको कमाई कम गर्नका लागि विज्ञापनदातालाई प्रभाव पारेको आरोप पनि लगाए ।
अमेरिकी निकायद्वारा चिन्ता व्यक्त
यसैबीच, अमेरिकाको संघीय व्यापार आयोगले पनि ट्विटरमा केही कर्मचारीलाई निकालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्विटरका दुई वरिष्ठ कर्मचारी जोएल रोथ र रोबिन व्हीलरले बुधबार राजीनामा दिएका छन् ।बिहीबार, ट्विटरका प्रमुख सुरक्षा अधिकारी ली किसनरले ट्विटरबाट राजीनामाको घोषणा गरे । उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । ट्विटरका केही आन्तरिक सन्देश अनुसार, कम्पनीमा गोपनीयता र अनुपालन सम्बन्धित जिम्मेवारीहरू ह्यान्डल गर्ने धेरै व्यक्तिहरूले राजीनामा दिएका छन् ।