news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकाले युक्रेनलाई ४० करोड डलरको हतियार दिने, के के हुनेछ ?

अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।यस सहयोगलाई औचित्यपूर्ण बताउँदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । जसमा भनिएको छ – युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा रूसी हवाई हमलाका कारण थप रक्षा क्षमता महत्त्वपूर्ण छ ।’ रुस र युक्रेनबीचको युद्धपछि पश्चिमी देशहरूले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । युक्रेन नेटोमा सामेल नभएका कारण, पश्चिमी देशहरूले रूसविरुद्ध युक्रेनमा सेना पठाउन सक्दैनन् ।योसँगै दुई देशबीच अहिले पनि द्वन्द्व चलिरहेको छ र युक्रेनको केही भूभाग रुसले आफ्नो कब्जामा लिएको छ । तर, रुसले बुधबार महत्वपूर्ण सहर खेरसनबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेको छ, जसलाई रुसका लागि झट्काको रुपमा व्याख्या गरिएको छ ।