news-details
समाचार

Share this post!

भक्तपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पाँचखाल घर भएका २३ वर्षीय सन्दिप बस्नेत छन् । कार्तिक २६ मा साँझ सल्लाघारीबाट सैनिक स्कुलतर्फ जाँदै गरेको बा.७ च ०८१५ नम्बरको कारले सल्लाघारी तर्फ फर्किंदै गरेको बागमती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट गम्भीर घाइते भएका सन्दिप बस्नेको उपचारको क्रममा डा. ईवामुरा अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।कार चालक भक्तपुर नगरपालिका–४ पोटरस्क्वायर बस्ने २० वर्षीय आयुष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।