news-details
अन्तरास्ट्रिय

Share this post!

जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा

चिनियाँ राष्ट्रपति सी चिनफिङ जी २० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुगेका छन् । जी २० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ । यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।