Share this post!
काठमाडौं : सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन्।राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन्।फ्लोरिडाको मार–ए–लागोमा भएको र्यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन्।र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः महान तथा गौरवशाली बनाउन आज राति म अमेरिकाको राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।उनले अमेरिकी जनताबाट आफूले धेरै माया पाएको प्रतिक्रिया दिएका छन्।कट्टरपन्थी वाम डेमोक्रेट्सले अमेरिकालाई तहसनहस बनाएको आरोप लगाउँदै उनीहरुलाई हराएरै छाड्ने ट्रम्पको भनाइ छ।