news-details
अन्तरास्ट्रिय

Share this post!

कारखानाको भीषण आगलागीमा परी ३६ जनाको मृत्यु

मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् ।आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ । चीनमा औधोगिक दुर्घटना बारम्बार हुने गरेका छन् ।सन् २०१९ मा मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो ।एजेन्सी