news-details
समाचार

Share this post!

ओलीको जित निश्चित, १३ हजार गणना बाँकी छँदा ओली २३ हजारले अगाडि

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो ।अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी छ । तर, ओलीले अधिकारीभन्दा २३ हजार ६ सय ५९ मतान्तरको अग्रता बनाइसकेका छन् ।