news-details
अन्तरास्ट्रिय

Share this post!

झण्डाको अपमानपछि इरानको बयान – अमेरिकाले मूल्य चुकाउनुपर्नेछ

इरानले आफ्नो राष्ट्र ध्वजको ‘अपमान’ पछि अमेरिकालाई ‘मूल्य चुकाउनुपर्छ’ भन्दै धम्की दिएको छ इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार राजनीतिक मामिलाका उपाध्यक्ष मोहम्मद देहकनले अमेरिकी फुटबलर फेडरेशनको वेबसाइटमा इरानको राष्ट्रध्वजसँग गडबडी गरेका कारण अमेरिकाले मूल्य चुकाउनुपर्ने बताएका छन् ।वास्तवमा यूएस फुटबल फेडरेशनले ट्विटर, फेसबुक र इन्स्टाग्राममा केही ग्राफिक्स पोस्ट गरेका थिए जसमा इरानको झण्डाबाट ‘अल्लाह’ शब्द हटाइएको थियो । इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा अल्लाह लेखिएको छ ।अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय लिएको बताएको छ ।देहकनले अमेरिकाको यो कदमलाई ‘अनैतिक’ र अन्तर्राष्ट्रिय नियमविरुद्ध भएको बताएको छ ।उनका अनुसार इरानी प्रशासनले यो मामिलालाई माथिल्लो तहमा लिएर जाने र अमेरिकाले आफ्नो गैर कानुनी कामका लागि मूल्य चुकाउनुपर्नेछ ।इरानको फुटबल फेडरेशनले पनि फिफासँग यो मामिलाबारे आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छ ।यस्तै, अमेरिकाले आधारभूत अधिकारको लडाईं लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।इरानमा सेप्टेम्बर महिनामा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा देशमा सरकार विरोधी प्रदर्शन जारी छ । अमिनीलाई इरानको मोरालिटी प्रहरीले हिरासतमा लिएको थियो ।यद्यपि, इरानी प्रहरीका अनुसार महसाको मृत्यु हृदयाघातका कारण भएको थियो ।इरानले यसअघि अमेरिका र अन्य देशमाथि प्रदर्शनलाई प्रश्रय दिएको आरोप लगाइरहेको छ । प्रदर्शनकारीमाथि इरानको कारवाहीपछि अमेरिकाले पनि थुप्रै इरानी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिका र इरानबीच सन् १९८० देखि कुटनीतिक सम्बन्ध छैन ।