news-details
अन्तरास्ट्रिय

Share this post!

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले आह्वान गरे युक्रेनको समर्थनमा अन्तर्राष्ट्रिय सम्मेलन

फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्ध किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् ।युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू,  ब्लु–चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् ।म्याक्रोनले डिसेम्बर ३ मा एक अन्तर्वार्ताको क्रममा रसियालाई युद्धको अन्त्यमा ‘सुरक्षा ग्यारेन्टी’ प्रस्ताव गर्न आह्वान गरेका थिए, जसको केही युक्रेनी र पूर्वी युरोपेली राजनीतिज्ञहरूले आलोचना गरेका थिए । फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार टेलिफोन संवाद भएको थियो ।  फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण ’ गराएका थिए ।युक्रेनी जनतासँग ऐक्यबद्धता’ नाम दिइएको उक्त सम्मेलनको पहिलो भागलाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । म्याक्रोन व्यक्तिगत रूपमा र जेलेन्स्की भिडियो लिंकमार्फत सम्बोधन गर्नेछन् ।