Share this post!
तेहरान – इरानले देशमा जारी विरोध प्रदर्शनबीच पक्राउ परेका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ । हिजाबविरोधी आन्दोलनमा सहभागी माजिद्रेजा रहनावार्डलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हो । उनलाई ‘भगवानविरुद्ध युद्ध’ गरेको आरोपमा त्यसको दुई दिनपछि पक्राउ गरिएको थियो ।उनलाई सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको न्यायपालिकाले जनाएको छ । रहनभार्डले नोभेम्बर १७ मा बसिजका दुई सदस्यविरुद्ध ‘अतिवादी’ कार्य गरेको सरकारले दाबी गरेको थियो ।उनलाई दिइएको सजायको तस्बिर पनि सार्वजनिक गरिएको छ , जहाँ पछाडिको हात बाँधेर क्रेनबाट झुण्डाइएको थियो ।यसअघि प्रदर्शनमा सहभागी भइ पक्राउ परेका अर्का एक व्यक्तिलाई गत साता मृत्युदण्ड दिइएइको थियो । २३ वर्षीय मोहसेन शेकारीलाई मृत्युदण्ड दिइएको थियोे ।मध्य तेहरानमा बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु आक्रमण गरी घाइते बनाएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको थियो ।हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकतासम्बन्धी प्रहरीको गिरफ्तारमा परेकी युवती महसा अमिनीको हिरासतमै मृत्युपछि इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । उनको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो । हिजाब विरोधी प्रदर्शनमा हजारौँ पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ भने प्रहरी दमनमा ४ सयभन्दा बढीको मृत्यु भएको छ ।