news-details
अन्तरास्ट्रिय

Share this post!

दिल्लीमा विद्यालयकी छात्रामाथि एसिड प्रहार, एक जना हिरासतमा

दिल्लीमा एक विद्यालयकी छात्रामाथि एसिड प्रहारको घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीका अनुसार यो घटना दिल्लीको द्वारका जिल्लाको हो । बिहान करिब नौ बजे एक युवकले छात्रामाथि एसिड प्रहार गरेका हुन् ।छात्रालाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । दिल्ली प्रहरीले घटनाको समयमा छात्रा आफ्नी बहिनीसँगै रहेको बताएको छ ।छात्राले यस विषयमा आफूले चिनेका दुई जनामाथि शंका व्यक्त गरेकी छन् । यस सम्बन्धमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।