news-details
अन्तरास्ट्रिय

Share this post!

पुटिनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि सङ्गीतकारहरू पठाउने

रुसले युक्रेनमा लडिरहेका आफ्ना सैनिकहरूको मनोबल बढाउन सङ्गीतकार र गायकहरूलाई मोर्चामा पठाउने बताएको छ ।​ रुसी रक्षा मन्त्रालयले आफूले फ्रन्ट–लाइन क्रिएटिभ बिग्रेड बनाउने जसमा सर्कसमा काम गर्नेहरु समावेश हुने जानकारी दिएको छ ।बेलायती रक्षा मन्त्रालयले अघिल्लो आइतबार आफ्नो इन्टेलिजेन्स अपडेटमा यो ब्रिगेड बनाउने कुरा गरेका छन् । यसअघि बेलायती रक्षा अधिकारीहरूले रुसी सुरक्षाकर्मीको मनोबल कमजोर हुने ठूलो जोखिम रहेको बताएका थिए ।बेलायतले भनेको छ, ‘मानिसहरूलाई आफ्ना संगीत वाद्ययन्त्रहरू सेनालाई दान गर्न भनिएको छ । ऐतिहासिक रूपमा सैन्य संङ्गीतलाई सेनाको मनोबल बढाउन प्रयोग गर्दै आएको छ ।’रुसी समाचार समूह आरबीसीका अनुसार पुटिनको भर्खरै भर्ती अभियान अन्तर्गत भर्ती भएका नयाँ सैनिकहरू यस ब्रिगेडमा सामेल हुनेछन् ।